२२ बैशाख २०८१, शनिबार

मालपोत कार्यालयका खरिदार घुस सहित पक्राउ


घूसको अफर

काठमाडौं । मालपोत कार्यालय टोखा काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार घुस सहित पक्राउ परेका छन् । खरिदार विनोद तिवारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ मागेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !