६ जेष्ठ २०८१, आइतबार

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने


१२ वैशाख, काठमाण्डौ । सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म, संस्कृतिसंग जोडिएका चाडपर्वको बिदा कटौती गरेको विरोधमा नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपाले आन्दोलन गर्ने भएका छन् ।

संघको दोस्रो महाधिवेशन यहि बैशाख १५ गते काठमाण्डौमा हुँदैछ । महाधिवेशन पछि संघले आन्दोलन गर्ने तयारी गरेको हो । पार्टी कार्यालय सानेपामा हुने महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाण्डौमा आउने क्रम शुरु भएको छ । उनीहरुवीच नेतृत्व चयनका बिषयमा पनि छलफल शुरु भएको छ ।

महाधिवेशनमा ४३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । महाधिवेशनले आगामी दुई वर्षका लागि संघको नेतृत्व चयन गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !