११ पुस २०८१, बिहीबार

चर्च आक्रमणमा १९ काे मृत्यु


एजेन्सी, १२ वैशाख । नाइजेरियाको मध्यउत्तरमा पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी दुर्इ धर्मगुरुसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोटएका उनले बताए ।

फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती थपिएकाले उनले बिदा छोट्याएर फर्किएका हुन् । घटनामा परी मृत्यु हुनेमा दुई जना क्याथोलिक पुजारी र अरु ११ जना पुजामा संलग्न भक्तजनहरु रहेका अधिकारीहरुले बताएका छन् ।

सेन्ट इग्नाट्यिुस क्वासी क्याथोलिक पारिसमा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । बिहान सबेरै प्रार्थना भईरहेका बेला आक्रमणकारीहरुले चर्चमा एकाएक आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उनीहरुले प्रहरी र पत्रकारलाई दिएको जानकारीअनुसार स्थानीय समयानुसार बिहान पाँच बजे आक्रमणको घटना भएको थियो । राष्ट्रपति मोहम्मद बुहारीले बेन्युको घटनालाई तल्लो स्तर र घटिया कार्य भएको भनि टिप्पणी गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !