४ बैशाख २०८१, मंगलबार

सर्लाहीमा बस दुर्घटना, २४ जना घाइते


दुर्घटना

सर्लाही । सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस दुर्घटना हुँदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कंदै गर्दा बस दुर्घटना भएको हो। दुर्घटनाबाट घाइते भएका मध्ये कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !