१२ बैशाख २०८१, बुधबार

अन्तत: राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन


काष्ठमण्डपको उद्घाटन

काठमाडौँ । २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त भई भर्खरै पुननिर्माण सम्पन्न भएको काठमाडौंको पुरातात्विक मन्दिर काष्ठमण्डपको आज उद्घाटन भएको छ । काष्ठमण्डपको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन् ।

आज दिउँसो राष्ट्रपति भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको महाभुकम्पले ध्वस्त पारेको काष्टमण्डपको २०७५ सालदेखि पुनर्निमार्ण शुरु गरिएको थियो ।

महाभूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान प्राप्त भएकोमा करिब ११ करोड ३९ लाख खर्च भएको काष्टमण्डप पुनर्निमार्ण समिति बताएको छ ।

पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटा, तामा लगायतका सामग्रीको प्रयोग गरिएकाे छ । काष्ठमण्डप निर्माण गर्दा यहीँ ठाउँको माटो प्रयोग गरिएकाे हाे । किंवदन्तीअनुसार एउटै काठले बनेको काष्ठमण्डप सातौं शताब्दीको सम्पदा हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !