२४ भाद्र २०८१, सोमबार

एआईजी बढुवाविरुद्ध तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा


सर्वोच्च अदालत

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीले एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

तीन डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवाविरुद्ध दायर गरेको रिटको पेसी आज पनि न्यायाधीश रेग्मीको इजलासमा तोकिएको हो ।

यसअघि हिजो पनि रिटको पेशी तोकिएतापनि हेर्न नमिल्नेमा राखिएको थियो । आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको हो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध असन्तृष्ट डीआईजीहरुले बढुवामा मापदण्ड लागु नगरिएको र वरिष्ठताको मापदण्ड मिचिएको भन्दै रिट दायर गरेका थिए ।

गत बुधबारको मन्त्रिपरिषद्को बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि तीनै जना डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो ।उनीहरुले दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।

बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने तीन जनै डीआईजीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनीहरु आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीनै जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !