३ आश्विन २०८१, बिहीबार

नेता सिंहले भने, ‘सत्तामा बसेका र विपक्षी दल एक जुट हुनुपर्छ’


prakash

११ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन् ।

उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !