५ जेष्ठ २०८१, शनिबार

विश्वव्यापी जल नेतृत्व कार्यक्रम कार्यान्वयनमा


काठमाडौं। सुधारिएको जल, सरसफाइ र स्वच्छतासम्बन्धी सेवा एवं जलवायु उत्थानशीलताका लागि नेतृत्व विकासमा सहयोग गर्ने उद्देश्यले ‘विश्वव्यापी जल नेतृत्व कार्यक्रम’ कार्यान्वयनमा आएको छ ।

विश्व जल साझेदारी संस्था, युनिसेफ, सबैका लागि सरसफाइ तथा पानी, खानेपानी, सरसफाइ, स्वच्छताका लागि संयुक्त अनुगमन कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कार्यक्रम सन् २०२४ सम्म सञ्चालनमा रहनेछ ।

नेपाललगायत बङ्गलादेश, चाड, मध्यअफ्रिी गणतन्त्र, मडागास्कर, प्यालेस्टाइन, रुवाण्डा, तान्जानियाँ र युगान्डा गरी १० देशमा यो कार्यक्रम कार्यान्वयनमा रहेको छ । कार्यक्रमले प्रभावकारी र समावेशी जलवायु उत्थानशील जल नीति तथा रणनीति लागू गर्न सरकारलाई सहयोग गरी जलवायु–उत्थानशील समुदाय कायम गर्न सहयोग पु¥याउने जल तथा ऊर्जा आयोगको विश्वास छ ।

कार्यक्रममा जलस्रोत व्यवस्थापन तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्र सङ्लग्न रहेका छन् । कार्यक्रमको कार्यान्वयनबाट जलस्रोत व्यवस्थापन र वास सेवामा जलवायु परिवर्तनको प्रभाव पहिचान गर्न र जलवायु वित्तको पहिचान तथा पृष्ठपोषणका लागि व्यापक अवसर मिल्ने आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !