१३ आश्विन २०८१, आइतबार

दुर्घटनावाट घाइते भएका सहचालकको मृत्यु


निधन

११ वैशाख, चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका ५ स्थित स्याउली बजारमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा १९ यात्रु घाइते भएका मध्ये बसका सहचालक मकवानपुर धिमाल बस्ने ४४ वर्षीय चन्द्रबहादुर तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको छ ।

इटहरीवाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र मुग्लिनवाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजे एक आसपमा ठोक्किदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !