७ मंसिर २०८१, शुक्रबार

झोलामा रहेको सुतली बम बिष्फोट : दुई घाइते


बम बिष्फोट

इटहरी । इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम पड्किँदा रविन थापा र शेरजङ गुरूङ घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते थापाको आँखामा चोट र विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।

गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !