१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा भारतका लागि राजदूत डा. शर्मालाई शपथ


राजदूत डा. शर्मालाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !