२३ भाद्र २०८१, आइतबार

सिरिजंगा समाजका अध्यक्ष भट्टराई र पाथिभरा विकास समितिका अध्यक्ष थेबेवीच भेटवार्ता


हरिचन्द्र भट्टराई र रकी थेवे

काठमाडौँ । हिजो चैत १० गते बिहीबार सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई र पाथिभरा विकास समितिका नवनियुक्त अध्यक्ष रकी थेवेबीच सिरिजंगा सरोकार समाज, नेपालको केन्द्रीय कार्यालय, बागबजार, काठमाडौंमा भेटवार्ता सम्पन्न भयो ।

सो अवसरमा यस सिरिजंगा सरोकार समाज, नेपालका सचिव अधिवक्ता जीनव कुमार बस्नेत र कोषाध्यक्ष रोशनी माबो समेतको उपस्थितिमा समाजले नवनियुक्त अध्यक्ष थेवेलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना अर्पण गरेको थियो ।

उक्त भेटवार्ताको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त पाथिभरा देवीको विकासको लागि स्थापित पाथिभरा विकास समितिको गरिमामय अध्यक्ष जस्तो पदमा सिरिजंगा गाउँपालिकाका रकी थेवेलाई नेपाल सरकारले नियुक्त गरिएकोमा समाज मात्र होइन कि सिगो सिरिजंगाबासी हर्षविभोर भएको कुरा समाजका अध्यक्ष भट्टराईले व्यक्त गरे ।

साथै उक्त भेटवार्तामा पाथिभरा विकास समितिले पाथिभरा मूल धामको विकास संरक्षणको हालसम्मको सागुरो घेरालाई तेडी यसको दायरा बृहत्तर रुपमा हेर्नुपर्ने जसका लागि मुलुक भरिका सबै ठाउँका पाथिभराका धामहरुलाई विकास समितिको कार्यक्षेत्रको दायरामा समेट्नुपर्ने र सोको विकासका लागि कानुन परिमार्जन गरी बेहत्तर मास्टर प्लान बनाई कार्य गर्न, पाथिभराको मूलधामको केबलकार निर्माण तथा विकासका लागि कुनै कुनै मोलाहिजा र स्वार्थमा नलागि पारदर्शी रुपमा दीगो विकासमा लाग्न आवश्यक सहयोग गर्न सिरिजंगा सरोकार समाज, नेपालको तर्फबाट पूर्ण सहयोग रहने वचन अध्यक्ष भट्टराईले व्यक्त गरे भने पाथिभरा विकास समितिका अध्यक्ष थेबेले पाथिभरा विकास समितिको नेतृत्व युवा त्यो पनि सिरिजंगा गाउपालिकाबाट चयन हुनु आफैमा यो समाज र सिरिजंगा गाउँपालिकाको गौरब मान्नुपर्छ त्यसको मर्मलाई आफूले कहिल्यै नभुल्ने र पाथिभरा मूल धामको विकास र संरुक्षणमा केवलकारलगायतको कामकारवाहीलाई तिव्रता दिन आफ्नो तर्फबाट कुनै कसर नराख्ने, पाथीभरा विकास समितिको बृहत्तर क्षेत्र विस्ताकाका लागि कानुनी तथा अन्य आवश्यक कार्य गर्न जो जे गर्नुपर्ने हो गर्न तयार रहेको, मुलुकभरका पाथिभरा धामहरुको विकासमा समेत ध्यान दिने कुरामा के गर्न सकिन्छ सो तर्फ आफ्नो ध्यान जाने कुरा व्यक्त गरे ।

उक्त भेटवार्ताको अवसरमा पाथिभरा विकास समितिका अध्यक्ष सिरिजंगा समाज, नेपालको आजीवन सदस्यता समेत लिने प्रतिवद्धता जाहेर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !