६ जेष्ठ २०८१, आइतबार

फोनिजको सातौं संघीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन, महासचिवमा मिलन लिम्बू


फोनिज

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भएका छन् ।

महाधिवेशनबाट महासचिवमा मिलन लिम्बू‚ सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भएका छन् ।

त्यस्तैगरी अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भएका छन् । कोषाध्यक्षमा चित्रबहादुर गुरुङ र सहकोषाध्यक्षमा सञ्चु ब्लोन तामाङ सर्वसम्मत चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !