२५ बैशाख २०८१, मंगलबार

२५ वर्षीय सुरज खड्कामाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ


पक्राउ

काठमाडौं । ललितपुरमा एकजना व्यक्तिको ज्यान लिने उद्देश्यले खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २५ वर्षीय सुरज खड्काको ज्यान लिने उद्देश्यले शंखमूल पुलनजिक फलफूल पसलअगाडि खकुरी प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न स्थानबाट रामेछापको मन्थलीका १९ वर्षीय राजेश बुढाथोकी, ४ वर्षीय रोशन लामा, २३ वर्षीय पुकार केसी, २३ वर्षीय प्रविण नेपाल र २७ वर्षीय सञ्जीव मोक्तान पक्राउ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !