१० असार २०८१, सोमबार

मोटरसाइकल दुर्घटनावाट एकजनाको मृत्यु, एक घाइते


दुर्घटना

दाङ । दाङमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो ।

मंगलबार राती चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका–८ का २८ वर्षीय विरेन्द्र यादव घाईते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !