६ जेष्ठ २०८१, आइतबार

नेपाल पारावहान कम्पनीको महाप्रवन्धकमा प्रेमराज भण्डारी


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल पारावहान तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रवन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भानु नगरपालिका ९ तनहुँ निवासी भण्डारी महाप्रवन्धकमा नियुक्त गर्ने ।

आइतबार बसेको बैठकले विद्युत् नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । महाप्रवन्धकमा नियुक्त भएका भण्डारी भानु नगरपालिका ९ तनहुँका हुन् भने डंगोल ललितपुर महानगरपालिका २७ का हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !