१३ आश्विन २०८१, आइतबार

सगरमाथा आरोहणका लागि महिला पत्रकारहरुलाई ४० लाख सहयोग गर्ने सरकारको निर्णय


sagarmatha

९ वैशाख, काठमाण्डौ । सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारहरुलाई सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत चैत ७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ जना महिला पत्रकारहरुलाई रु ८ लाखको दरले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सदस्यहरुलाई आर्थिक सहयोगका लागि प्रस्ताव गरेको थियो ।

राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज टेलिभिजनकी लक्ष्मी कार्की, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य तथा स्वतन्त्र पत्रकार देउराली चाम्लिङ सन् २०१८ को वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्दैछन् ।

महिला सशक्तिकरण, नेपालको पर्यटन प्रबद्र्धन तथा आम समुदायको आवाज मिडियाकर्मीको रुपमा बाहिर ल्याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उनीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !