१३ बैशाख २०८१, बिहिबार

आफ्नै ९ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ


rape

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।
आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पछिल्लो पटक सात÷आठ दिन पहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । प्रनाउ थापाले भने, “चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएका छौँ ।”

चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ । गत एक महिनाको अवधिमा गोरखामा पाँच वटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !