काठमाडौं । दाङमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कार र मोटरसाइकल आपसमा ठोक्किँदा राप्ती गाउँपालिका–१, भालुवाङका २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो ।
गए राति ९ बजे बा१०च २५८१ नम्बरको कारले रा६प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका जिसीको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको जनाइएको छ ।