काठमाडौं । विभिन्न्न प्राध्यापक संघ/संगठनले त्रिविका उपकुलपतिसहित पदाधिकारी राजीनामा माग भएको छ ।
एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिवि पदाधिकारीको राजीनामा माग भएको छ ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अहिलेकै पदाधिकारी रहिरहने हो भने भावी परिणाम भयावह हुनेतर्फ आफूहरू चिन्तित रहेको उल्लेख गरेका छन् ।
त्रिवि पदाधिकारीले करार तथा आंशिक प्राध्यापकहरूको समस्या पनि समाधान नगरेको उनीहरूको आरोप छ ।