१२ आश्विन २०८१, शनिबार

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै


अभियानकर्मी महिलाहरु

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

सन् २०२२ को महिला दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगाे विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस नेपालमा मनाइँदैछ ।

राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे ।

फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !