१३ आश्विन २०८१, आइतबार

भ्यानकाे ठक्करवाट एककाे मृत्यु


निधन

७ वैशाख, विराटनगर । विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करवाट एकजनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी ८ बजे को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !