काठमाडौं । काठमाडौंबाट ३७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मध्यबानेश्वर क्षेत्रबाट एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष पक्राउ परेका छन् ।
नीहरूले अनलाइनबाट लगानी गर्ने, जुवा खेलाउने, अवैध कल गर्नेलगायत काम गर्दै आएको खुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बैंक तथा वित्तीय कारोबार ऐनअन्तर्गत उनीहरूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।