१२ असार २०८१, बुधबार

बैंकिङ कसुरमा मदिरा स्टोर ग्रिन लाइनका सञ्चालक अग्रवाल पक्राउ


अमित अग्रवाल

काठमाडौँ । बैंकिङ कसुरको आरोपमा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो ।

अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए । हिजो शनिबार पक्राउ परेका उनको आइतबारदेखि ४ दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौं स्रोतले बताएको छ ।

चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले बताएको छ ।अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।

अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन् । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !