२३ बैशाख २०८१, आइतबार

अमेरिकी राजदूतको चेतावनी : एमसीसीको बारेमा हिंसालाई उक्साउनु कदापि स्वीकार्य छैन


-यान्डी बेरी

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीको विषयलाई लिएर हिंसालाई उक्साउनु कदापि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हो भन्दै एमसीसीको बिषयमा पनि अमेरिकाको धारणा त्यही भएको स्पष्ट पारेका छन् ।

उनले आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तर्निहित विषयवस्तु भएकोले सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट भएको प्रष्ट पारेका छन् । तर उनले हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू अमेरिकालाई स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, MCC को बिषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !