महोत्तरी । महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।