एजेन्सी, ५ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको बुधबार ९२ वर्षको निधन भएको छ ।
पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार निधन भएको हो ।
पूर्वराष्ट्रपति जर्ज बुशको सचिवालयले बारबराको मृत्यु भएको पुष्टि गर्दै उनलाई साक्षरता अभियानकी कहिल्यै नथाक्ने अभियानकर्मीको उपमा दिएको छ ।
साक्षरता अभियान सञ्चालन गरेकाले उनलाई यसको अभियानकर्ताका रुपमा सम्मान गर्ने गरिन्छ ।