४ वैशाख, काठमाण्डौ । मह जोडीको रुपमा चिनिने कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कोहलपुरका आठ दलित विद्यार्थीलाई स्नातकोत्तर तहसम्म पढाउने जिम्मेवारी लिएका छन् ।
सरकारको ‘राष्ट्रिय भर्ना अभियान’ लाई साथ दिँदै मह जोडीले कोहलपुरमा रहेको समता स्कुलमा अध्ययनरत कृति गन्धर्व, निशा परियार, वर्षा गन्धर्व, टीका सुनार, सुमित्रा परियार, कृतिका सुनार, पुष्पा परियार र सुजता विकको पढाईका खातिर अभिभावकत्व ग्रहण गरेका हुन् ।
उत्तम सञ्जेलले सञ्चालन गरेको सो स्कुलका संरक्षक मह जोडी पनि हुन् । समता स्कुलमा देशभर ४० हजार विद्यार्थी अध्ययनरत छन् । महजोडीले कोहलपुर पुगेर आठ दलित समुदायका छात्राहरूलाई स्नातकोत्तर सम्म पढाउने सम्पूर्ण जिम्मेवारी लिएका हुन् ।