८ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको विभत्स हत्या


हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट २ जनाको हत्या भएको छ । हिजो आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !