४ आश्विन २०८१, शुक्रबार

धादिङमा बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ घाइते


accident

३ वैशाख, धादिङ । धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसीमा बस र ट्रक आपसमा ठोक्किँदा चालकसहित २ जनाको मृत्यु र २२ जना गम्भीर घाइते भएको छ ।

घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताए ।

मुग्लिनवाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ६ ख ६५११ नम्बरको ट्रक र काठमाण्डौवाट रौतहटको गौरतर्फ जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आइतबार मध्यरातमा ठोक्किँदा ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज खड्की र बसमा यात्रु १६ वर्षीय आयुस्मा भट्टराईको मृत्यु भएको हो ।

ठक्करपछि घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !