२२ बैशाख २०८१, शनिबार

चक्काजामको घोषणाप्रति गृह मन्त्रालयको आपत्ती


press-statement-home-ministry

काठमाडौँ, जेठ ११– यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनले जेठ १३ गते देशव्यापी चक्काजामको घोषणा गरेपछि गृहमन्त्रालयले आपत्ती जनाएको छ ।
यातायात व्यवस्था ऐनमा भएको संशोधनको विरोधमा यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनले चक्काजामको घोषणा गरेपछि गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यातायात व्यवस्था ऐनमा भएको संशोधनका प्रावधानको कार्यान्वयनका सम्बन्धमा असहमति प्रकट गर्दै यस्ता विरोधका कार्यक्रम तय भएको बुझिन आएको सन्दर्भमा व्यवस्थापिका–संसद्बाट पारित कानुनमा भएको व्यवस्थालार्ई पालना गर्नु÷गराउन आम नागरिकलगायत सम्बन्धित सबै निकायको दायित्व तथा कर्तव्य हुन आउँछ,’ विज्ञप्तीमा भनिएको छ, ‘ यस सम्बन्धमा कोही कसैको कुनै असहमति वा असन्तुष्टि भएमा तिनलाई कानुनले निर्धारण गरेको प्रक्रिया अवलम्बन गरी प्रकट गर्न सकिने कुराको स्मरण गराउँदै यस्ता आन्दोलन तथा विरोधका कार्यक्रम गर्दा संवैधानिक तथा कानुनी दायराभित्र रही गर्न सम्बन्धित सबैमा गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ । ’

विज्ञप्तीमा यस्ता आन्दोलन तथा विरोधका कार्यक्रमले गर्दा आम नागरिकका मौलिक अधिकार निर्बाध रुपमा उपभोग गर्न पाउने हक कुण्ठित हुने समेत गृहले जनाएको छ ।
आन्दोलन र विरोधको नाममा संविधान तथा प्रचलित कानुन विपरीतका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भन्दै गृहले गैरकानुनी गतिविधि नगर्न नगराउनसमेत सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !