१३ आश्विन २०८१, आइतबार

विरोध प्रदर्शन र सभा गर्न तोकियो यी सात स्थान


birof

२ बैशाख, काठमाण्डौ । जिल्ला सुरक्षा समिति काठमाण्डौको आइतबार बसेको बैठकले काठमाण्डौमा प्रदर्शन गर्न तथा सार्वजनिक कार्यक्रम गर्नका लागि निश्चित ठाउँ तोकेको छ ।

केहीदिन अघि गृहमन्त्री रामबहादुर थापा बादलले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनमका लागि निश्चित स्थल तोक्ने बताएका छन् ।

काठमाण्डौ जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागु हुनेगरी खुलामञ्च, तीनकुने खुल्ला चौर कोटेश्वर, भुईँखेल भगवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला गरी सात स्थललाई सार्वजनिक कार्यक्रम र विरोध प्रदर्शनका लागि छुट्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !