१६ असार २०८१, आइतबार

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते


दुर्घटना

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को मोटरसाइकल आपसका ठोक्किएका हुन् ।

दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !