![पक्राउ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/crime11.jpg?fit=761%2C460&ssl=1)
कञ्चनपुर । कञ्चनपुरमा आफ्नो पिताको बञ्चरो प्रहार गरी हत्याको आरोपमा २६ वर्षीय रामविलास राना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडामा रामविलासले बाबाको हत्या गरेको प्रहरीले जनाएको छ ।