८ बैशाख २०८१, शनिबार

४० क्विन्टल जडीबुटीसहित २ जना पक्राउ


पक्राउ

जुम्ला । पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्रयाक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सङ्कलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ ।

चालकसहित दुवै ट्रयाक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !