१४ बैशाख २०८१, शुक्रबार

सर्लाहीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना घाइते


दुर्घटना

काठमाडौं । सर्लाहीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । हरिवन नगरपालिका–९ सुकेपोखरीमा लु २ ख ४७५७ नम्बरको बस र ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !