बैतडीमा बस दुर्घटना : ८ जना घाइते Nepalpatra बैतडीमा बस दुर्घटना : ८ जना घाइते
७ जेष्ठ २०७९, शनिबार

बैतडीमा बस दुर्घटना : ८ जना घाइते


दुर्घटना

बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !