२५ बैशाख २०८१, मंगलबार

नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी, २१ लाख *६९ हजार नेपाली विदेशमा


नेपाली जनता

काठमाडौँ । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम हुन पुगेको छ ।

आज बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सार्वजनिक विवरण अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

यसलाई हेर्दा नेपालमा पुरुषभन्दा महिलाको संख्या ६ लाख भन्दा बढी देखिएको छ । कूल जनसंख्यामा महिलाको जनसंख्या ५१.०४ प्रतिशत र पुरुषको जनसंख्या ४८.९६ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।

यस्तै २१ लाख *६९ हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू नेपालको अक्सर विदेशमा बसोबास गरेको देखिएकोमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८%) र ४ लाख ६ हजार १०३ महिला (१८.७२%) रहेका छन् ।

*६९ हजार हुनेपर्नेमा ५९ हजार भएकोमा सच्चाइएको – प्रधान-सम्पादक

यो पनि पढ्नुहोस्

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !