६ जेष्ठ २०८१, आइतबार

विवाहका लागि बनाएको रथले किच्दा दुई जनाको मृत्यु, १२ जना घाइते


मृत्यु

बारा । बारामा विवाहको रथले किचेर दुई जनाको मृत्यु भएको छ । स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा अन्य १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको छ । घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !