चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण Nepalpatra चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण
७ जेष्ठ २०७९, शनिबार

चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण


चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण

काठमाडौँ । चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संजाल ट्वीटरमा लेख्दै चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको जानकारी दिएकी हुन् ।

उनले चिनियाँ दूतावासले दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताएकी छन् । उनले यो सिरिन्जले नेपालमा जारी खोप अभियानमा योगदान गर्ने बताएकी छन् । उनले चीनले आफ्नो मित्रराष्ट्र नेपाललाई सहयोग गर्न सधैं तयार रहेको समेत बताएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !