६ पुस २०८१, शनिबार

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन


मोहनप्रसाद शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेरमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो ।

सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

स्व शर्माको एक छोरा एक छोरी छन् । छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !