२ मंसिर २०८१, आइतबार

प्रदेशको राजधानी जनकपुर तोकिएपछि मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार


लालबाबु राउत

वीरगन्ज । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।

वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २ बजेदेखि मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो । हातमा कालोपट्टी बाँधेर निस्किएको र्‍यालीमा सहभागी एक युवाले ढुंगा प्रहार गर्दा राधेमाईस्थित मुख्यमन्त्रीको घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रदेशसभाबाट हिजो सोमबार प्रदेश २ को राजधानी जनकपुर निर्धारण भएपछि साँझ वीरगन्जको घन्टाघर चोकमा मुख्यमन्त्रीको पुत्ला जलाइएको थियो । सीसीटीभीमा ढुंगा प्रहार गर्ने युवकको पहिचान भएर ढुंगा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !