१३ बैशाख २०८१, बिहिबार

भारतीय नम्बरको ट्रकको ठक्करबाट बस्यालको मृत्यु


दुर्घटना

रुपन्देही । भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्यालको मृत्यु भएको छ ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !