७ बैशाख २०८१, शुक्रबार

कोरोनाको जोखिम बढेपछि नुवाकोटमा गोरु जुधाई प्रतिस्पर्धा नहुने


गोरु

त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाई प्रतिस्पर्धा नहुने भएको हो ।

कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाई मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाई मेला यस वर्ष स्थगन भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !