१३ बैशाख २०८१, बिहिबार

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त


नारायण सिलवाल

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।

सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको दिएका छन् । यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए ।

सिलवालले सामाजिक संजालमा लेखेका छन्, “आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !