पृष्ठभूमि र जन्म
मन्त्री रघुवीर महासेठको जन्म २०१६ साल साउन २२ गते मिथिलेश्वर–१, धनुषामा भएको हो । मखन र मायावती महासेठका छोरा रघुवीरका एक छोरी र एक छोरा छन् । महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । महासेठ २०३३ बाट कम्युनिष्ट आन्दोलनमा लागेका हुन् । उनी २०६४ को उपनिर्वाचनमा धनुषा–५ बाट विजयी बने । २०७० सालको चुनावमा महासेठ पराजित भए । पूर्व सिंचाई मन्त्री समेत रहेका महासेठ एमालेमा मधेशका स्थापित नेता हुन् ।
राजनीतिक जीवनमा झण्डै १८ महिना जेल बसेका महासेठले यसपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।
धनुषा–४ बाट निर्वाचित महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिइएको छ । उनी यसअघि २०६४ सालको उपचुनावमा धनुषा–५ बाट निर्वाचित भएका थिए । झलनाथ खनाल सरकारमा सिँचाइमन्त्री रहेका महासेठ एमालेभित्र मधेसी समुदायका सिनियर नेता हुन् ।
शिक्षा
रघुवीर महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
राजनीतिक यात्रा
धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । प्रदेश नं २ को प्रतिनिधि सभामा एमालेको यो दोश्रो जित हो । यसअघि सिरहा-३ बाट एमालेका लिलानाथ श्रेष्ठ विजयी भएका छन् । महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गरे ।
महासेठले २२ हजार ५ सय ३२ मत ल्याए । पराजित यादवले १९ हजार ९ सय ९१ मत प्राप्त गरे। ‘कोर मधेस’मा एमाले उम्मेद्वार प्रतिष्पर्धामा समेत देखिएका छैन । स्थानीय तहको निर्वाचनमा जित हात पारेको बारा (सिमरा) समेत एमालेले गुमाएको छ ।
बारा १ मा एमालेका अच्युत मैनाली २ हजार मतले पराजित भए । उक्त क्षेत्रमा कांग्रेसका उमाकान्त चौधरी २४ हजार ४ सय ५० मत ल्याएर विजयी भए। जबकी मैनालीले २२ हजार ३० मत ल्याएर पराजय बेहोरे ।
पहाडी जिल्लाहरूमा जित निकालेको एमाले मधेसका ८ जिल्ला समेटिएको प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा एमाले निकै पछाडि देखिएको छ ।
पूर्व सिंचाई मन्त्री समेत रहेका महासेठ एमालेमा मधेशका स्थापित नेता हुन् ।
राजनीतिक जीवनमा झण्डै १८ महिना जेल बसेका महासेठले यसपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।