८ पुस २०८१, सोमबार

काठमाडौंमा २ हजार बालिका यौन व्यवसायमा


sex_racket

काठमाडौं, ११ जेठ–राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ ।

केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरेको हो ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ–केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकामा त्यसको एक तिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।

काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।
समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामको क्रममा यौन दुर्व्यवहार सहन बाध्य हुने गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !