७ मंसिर २०८१, शुक्रबार

एमाले नेता रोकाको मृत्यु, जिल्ला अधिवेशन स्थगित


मृत्यु

रोल्पा । एमालेका नेता निमप्रसाद रोकाको हृदयघातबाट मृत्यु भएको छ । रोल्पा जिल्ला कमिटी सचिव रोका जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातबाट मृत्यु भएको एक नेताले जानकारी दिए ।

गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको एक नेताले जानकारी दिए । रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !