७ मंसिर २०८१, शुक्रबार

भोलि बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


गृह मन्त्रालय

काठमाडौँ । नेपाल सरकारले तमु ल्होसारका अवसरमा भोलि बिहीबार पुस १५ गते सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !