१२ आश्विन २०८१, शनिबार

रसुवामा हिमपातले बालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित


रसुवामा हिमपात

रसुवा । गएरातिदेखि वर्षासंगै परेको हिमपातले उत्तरी रसुवाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम धुञ्चेदेखि उत्तरी क्षेत्रका गाउँबस्तिहरूमा हिउँ पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

हिमपातका कारण स्याफ्रु, बृद्विम, लाङ्टाङ्, खैदी, थुमन, तातोपानी, टेचाङ्दे, सिम्वु, गतलाङ, चन्दनबारी समेतका क्षेत्रमा प्राभावित भएका छन् । यसैगरि हिमपातले राम्चे, ठाडे, लोकल, यार्सा, हाकुको माथिल्लो भेक गोल्जुङ समेतका गाउँको जनजीवनसमेत कष्टकर बनाएको छ ।

हिमपातका कारण घर पालुवा चौपायलाई चरण क्षेत्र अभाव हुँदा पशु आहाराको सङ्कट बढ्दै गएको पशुपालक कृषकले बताएका छन् । अत्याधिक चिसोले बालवालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

हिमपातको समयमा घरबाट बाहिर ननिस्कन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार हिमपातको असर न्यूनीकरणका लागि न्यानो कपडा बितरण गर्ने पूर्वतयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !